शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
समाचार प्रदेश बागमती प्रदेश

बाढीले क्षतिग्रस्त नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
बाढीले क्षतिग्रस्त नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा
नुवाकोट, भदौ १५ :

पूर्वाधार विकास मन्त्रालयले त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सञ्चालनमा आएको जनाएको छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध भएको थियो । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार गल्छी–त्रिशूली सडकखण्डअन्तर्गत त्रिशूली पुलपारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको छ ।

सडक सञ्चालनमा आएसँगै नुवाकोटका धेरै नागरिकको सदरमुकामसँग पुनः पहुँच स्थापित भएको मन्त्री लम्सालको निजी सचिवालयले जनाएको छ । सडक सञ्जाल जोडिएसँगै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुने विश्वास लिइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार