राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिएका छन् । उनले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापना भइरहेका कार्यको जानकारी लिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यले भोटेकोशी बाढीले जिल्लामा पुर्याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए । त्यसक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनस्र्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे राष्ट्रपति पौडेललाई अवगत गराएका थिए ।
राष्ट्रपति पौडेलले विदुर नगरपालिका–२ स्थित कभर्ड हलस्थित होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहेका रसुवा र नुवाकोटका बाढी प्रभावितसँग अन्तरक्रिया गरे ।
अन्तरक्रियामा बाढी प्रभावित नागरिकले भोटेकोशी अकल्पनीय बाढीले पुर्याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए । उनीहरुले खोज, उद्धार र राहत एवं पुनःस्थापनाका लागि सरकार र सहयोगदातासँग अझ तदारुकताको माग गरेका थिए । भदौ १० गते भोटेकोसी-त्रिशूलीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त