शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

नेपाली सेनाले भन्यो- ‘ब्रेक थ्रु’ नभएसम्म टनेलमा जारी खोज तथा उद्दार कार्य रोकिन्न

लविद्युत आयोजनाहरुमा करिब १२१ जना नागरिक फसेको अनुमान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ भदौ, २०८३ मा प्रकाशित
नेपाली सेनाले भन्यो- ‘ब्रेक थ्रु’ नभएसम्म टनेलमा जारी खोज तथा उद्दार कार्य रोकिन्न
काठमाडौं, भदौ २२ :

नेपाली सेनाले ‘ब्रेक थ्रु’ नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्दारको कार्य नरोकिने जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवास जंग थापाले टनेलमा खोज तथा उद्धार कार्य तीव्र रुपमा भइरहेको भन्दै सरकारले काम रोख्ने निर्णय गरेको अवस्थामा बाहेक ‘ब्रेक थ्रु’ नभएसम्म काम नरोकिने स्पष्ट पारे ।  बाढीले प्रभावित जलविद्युत आयोजनाहरुमा करिब १ सय २१ जना नागरिक फसेको अनुमान सेनाले गरेको छ । 

रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधि सहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्ट सम्म पुगी खोजि कार्य गरिएको सहायक रथी थापाले बताए । त्यस्तै त्रिशूली–३ ए मा को पावरहाउस तथा टनेलमा सेनाको फौज रेस्क्यु इक्वीपमेन्ट सामग्रीसहित निरन्तरता खोजमा लागि रहेको उनले बताए ।

त्रिशूली–३ बी मा अडिट २ बाट फौज छिरी अडिट १ बाट निस्किएको र  अडिट २ टनेलबाट एक्साभेटर लगाएतका उपकरण लैजान सक्ने गरी बाटो बनाउने काम भइरहेको समेत उनले जाननकारी दिए । त्यसैगरि चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले उपकरणको सहायतामा लेदो फाल्ने काम गरेको, माथिल्लो त्रिशूली १ मा विदेशी सहितको टोलीले थप खोजी कार्य गरेको समेत थापाले बताए ।

सहायक रथी थापाले जलविद्युत आयोजनाको टनेलमा भएको क्षतिलाई आंकलन गर्दा बाढी तथा लेदो करिब १८० किमी प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार