शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

एनपीएलको टिकट बिक्री गर्ने अधिकार इसेवालाई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ भदौ, २०८३ मा प्रकाशित
एनपीएलको टिकट बिक्री गर्ने अधिकार इसेवालाई
काठमाडौं, भदौ २२ :

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार इसेवाले पाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज तेस्रो संस्करणको एनपीएलको मिडिया र टिकट बिक्री गर्ने अधिकार प्रदान गरेको हो ।

क्यानद्वारा आज जारी प्रेस विज्ञप्तीमा मिडिया तथा टिकट बिक्री गर्ने अधिकारसम्बन्धी बोलपत्र र खरिद प्रक्रिया पूरा गरी सफल अधिकारधनी कम्पनीहरूलाई अधिकार प्रदान गरेको जनाएको हो । इसेवा लिमिटेडले टिकट बिक्री गर्ने अधिकार रु ८५ लाखमा प्राप्त गरेको छ । क्यानका अनुुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यानलाई र पाँच प्रतिशत इसेवालाई प्राप्त हुनेछ ।

क्यानका अनुसार विश्वव्यापी ओटीटी अधिकार नेट टिभी प्रालीलाई रु १८ करोड ४ लाखा प्रदान गरेको छ ।त्यसैगरी नेपालभित्र टेलिभिजन प्रशारण अधिकार भने हिमालयन टेलिभजनले प्राप्त गरेको छ । यसका लागि हिमालनय टेलिभिजनले रु १४ करोड ६४ लाखको बोलपत्र पेश गरेका थियो । एनपीएल आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म राजधानीमा आयोजना हुँदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार