सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा #मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा
राजनीति भिडियो

सरकारलाई सांसद खतिवडाको प्रश्न- सहिदले न्याय पाउन कति वर्ष लाग्छ ?

सहिदप्रति राज्यले गम्भीरता देखाएन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ भदौ, २०८३ मा प्रकाशित
सरकारलाई सांसद खतिवडाको प्रश्न- सहिदले न्याय पाउन कति वर्ष लाग्छ ?
काठमाडौं, भदौ २४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहिद रसिक खतिवडाकी आमा समेत रहेकी सांसद खतिवडाले जेन्जी आन्दोलन भएको एक वर्ष बित्दा देशले सहिद पाएको र एक दिन सार्वजनिक बिदा दिइएको तर सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको गुनासो गरेकी हुन् ।

उनले जेनजी सहिद स्मृति दिवसमा प्रधानमन्त्रीलाई आउन आग्रह गर्दा बल्ल बेलुकी ७ बजे मात्र एउटा सामान्य सामाजिक सञ्जाल स्टाटस आएको बताइन् । उनले  सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार? भन्दै प्रश्न गरिन्। त्यस्तै उनले सहिद परिवार र घाइते परिवारलाई भेट्न सरकारलाई अब कति वर्ष लाग्छ? भन्दै अर्को प्रश्न समेत गरेकी थिइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार