सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा #मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा
राजनीति भिडियो

सर्वोच्चबाट पक्षमा फैसला आउने विश्वास : देउवा भन्छन्- पार्टीको पूर्ण आधिकारिकता र रुख चिन्ह हाम्रै हुन्छ

एकजुट बनाउन छिट्टै देशव्यापी भ्रमणमा निस्कने घोषणा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ भदौ, २०८३ मा प्रकाशित
सर्वोच्चबाट पक्षमा फैसला आउने विश्वास : देउवा भन्छन्- पार्टीको पूर्ण आधिकारिकता र रुख चिन्ह हाम्रै हुन्छ
भक्तपुर, भदौ २४ :

नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन् । 

११३ औं बीपी जयन्तीको अवसरमा भक्तपुर कांग्रेसले बुधबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाइसकेपछि आफ्नो पक्ष आधाभन्दा बढी विजयी भइसकेको भन्दै अन्तिममा रुख चिन्ह, चारतारे झण्डा तथा पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका हुन् । 

उनले भ्रममा परेका नेता तथा कार्यकर्तालाई यथार्थ बुझाएर एकजुट बनाउन आफू छिट्टै देशव्यापी भ्रमणमा निस्कने घोषणा गरे । आफू काठमाडौँ आउँदा नागरिक तथा इमानदार कार्यकर्ताबाट प्राप्त अपार माया र समर्थन कुनै व्यक्तिविशेषको नभई समग्र पार्टीको शक्ति भएको उनले बताए। उनले विशेष महाधिवेशनमा प्रतिनिधिको विधिवत पहिचान र आवश्यक सनाखत नभएको तथा खल्तीबाट नाम राखेर अवैध रूपमा महाधिवेशन गरिएको आरोप लगाए ।

त्यस्तै अन्य संस्थापनइतर समूहका नेताहरुले आफूहरुले महाधिवेशनको मिति तय गरिसकेकाले आधिकारीक रुपमा आफूहरुले नै महाधिवेशन गर्ने जनाएका छन् ।

त्यस्तै कांग्रेस नेता शशांक कोइरालाले देउवा नेतृत्वमा हुने महाधिवेशनलाई एकताबद्ध बनाएर सफल बनाउनुपर्ने बताए । अहिले पार्टी टुक्रिने सम्भावना पनि देखिएको भन्दै अर्को पक्षलाई पनि साथमा लिएर अघि बढ्ने प्रयास भइरहेको उनको भनाइ छ ।

त्यस्तै अन्य नेताहरुले १४ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गर्ने महाधिवेशन नै आधिकारीक हुने दाबी गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार