काठमाडौं, भदौ २५ :

 उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। ग्यास उद्योगीहरूप्रतिको उनको विवादास्पद अभिव्यक्तिलाई लिएर आलोचना हुन थालेपछि  राजीनामा दिएकी हुन् ।  उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी छन्।

मन्त्री यादवको  विवादास्पद अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै  प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए । बुधबार संसदीय समिति बैठकमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । यादवले अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन भनेकी थिइन् ।