बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

रसुवागढी-- स्याफ्रुबेसी १८ किलोमिटर सडक पुनर्निर्माणमा सहयोग गर्न चीनको मुख ताक्दै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ भदौ, २०८३ मा प्रकाशित
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
काठमाडौं, भदौ २९ :

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको छ ।

प्रधानन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विभिन्न विषयगत आठ वटा कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताए ।

मन्त्री लम्सालले पूर्वाधार पुनःनिर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गरे । उनले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पारे। अब पक्की सडक र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उनको भनाइ छ ।

यही क्रममा काठमाडौँमै रहेर आफ्नो नेतृत्वको मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग छलफलमा जोडिएर आ–आफ्नो प्रभावित क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय, अनुगमन र नियमन गर्न स्थानीय जनप्रतिनिधिहरूसँग उनले आग्रह गरे ।

“प्रभावित क्षेत्रमा आगामी मङ्सिरसम्म खानेपानी प्रणाली पुनःस्थापना गरिनेछ”, मन्त्री लम्सालले भने, “ ती क्षेत्रमा स्वास्थ्य, शिक्षालगायत पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको छ ।”

छलफलमा भोटेकोशी बाढी प्रभावित जिल्ला नुवाकोटका प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले गैर सरकारी संस्थाहरूले बाढी प्रभावितलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बालबालिकालाई संरक्षण गरिदिनेजस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उनीहरूले राष्ट्रिय विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसँगको समन्वयमा मात्रै काम गर्नुपर्ने बताए । उनले प्रभावित क्षेत्रका कुनै पनि पीडित नछुट्ने गरी तथ्याङ्क सङ्कलन गरी सरकारलाई समयमै उपलब्ध गराउन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे ।

यसैबीच रसुवागढीदेखि स्याफ्रुबेसीम्मको १८ किलोमिटर सडक पुनर्निर्माणमा सहयोग गर्न चीनलाई औपचारिक रूपमा आग्रह गरिएको छ। तर, त्यसबारेमा चीनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार