काठमाडौं, असोज २ :

नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी नहुने जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ। सभापति गगन थापाले कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसेर कार्यवाहक सभापतिलाई जिम्मेवारी दिइएको छ ।

कञ्चनपुरका हरिचन्द्र राना, मुगुमा हरिजङ्ग शाही, डोटीमा नारायणबहादुर बलायर र बागलुङमा तारानाथ पौडेललाई कार्यवाहक तोकिएको छ ।जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहनेछ।

यसैबीच जिम्मेवारी खोसिएकोमा जिल्ला सभापतिले भने आपत्ति जनाएका छन्। आक्रोशित मुगु कांग्रेसले महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेश निषेधको निर्णय गरेको छ।

पार्टीका क्रियाकलापमा सक्रिय सहभागी भइरहेको अवस्थामा बिना जानकारी, विधान विपरीत महामन्त्री घिमिरेले कार्यवाहक सभापति तोकेको निर्णयप्रति खेद प्रकट गर्दै उनलाई जिल्लामा प्रवेश निषेध गर्ने निर्णय पारित गरिएको मुगु कांग्रेसले जनाएको छ। भोलिबाट वडा अधिवेशन सुरु हुँदै महाधिवेशनमा अलमल गर्नेहरु कारबाहीमा परेका हुन् । कांग्रेशले यही असोज १६-१९ सम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्दैछ ।