पोखरा, कात्तिक ६ :

गण्डकीको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त हुनुभएको छ ।

यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गर्नुभएको हो ।

पौडेलको नियुक्तिसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । लमजुङका पौडेल काङ्ग्रेसभित्र संस्थापन इतर समूहका मानिनुहुन्छ।

पौडेलको आज साढे ४ बजे शपथको तयारी भएको जनाइएको छ । गण्डकीमा हाल ९ मन्त्रालय छन्। काङ्ग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।