बाँके, असोज ११ :

लगातारको वर्षासँगै शनिबारको  हुरीले यहाँको धानबालीमा  क्षति भएको छ ।

नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ । डुडुवा गाउँपालिका–५ का  सुजन थापाको खेतमा पनि धान ढलेको छ ।  

कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताए ।