शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

नेपालगञ्जबाट काठमाडौँतर्फ आईरहेको यात्रीवाहक बस दाउन्नेस्थित एसमोडमा दुर्घटना भएको हो ।
सक्रिय न्युज · २ घण्टा अगाडि प्रकाशित
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते
नवलपरासी, असोज १७ :

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य  १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको यात्रीवाहक बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितले  जानकारी दिए ।

घाइतेलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार