शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

नवलपरासी बस दुर्घटनामा मृत्यु भएका ५ जनाको खुल्यो परिचय

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
नवलपरासी बस दुर्घटनामा मृत्यु भएका ५ जनाको खुल्यो परिचय
नवलपरासी, असोज १७ :

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँ पालिका–२ एस मोडमा यात्रु वाहक बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ५ जनाको परिचय खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, निर्जुङ खत्री, बाँके, कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा, स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गिरि र बाँके, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मीको मृत्यु भएको छ ।

यस्तै बाँके, नेपालगंज–७ का २२ वर्षीय कृष कनौजिया र नाम थर वतन नखुलेको ४०–४२ वर्षका पुरुषको पनि घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा १० जना घाइते भएका छन् ।घाइतेहरूको नवलपरासी र चितवनका अस्पतालहरूमा उपचार जारी छ ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको  बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो । बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् ।

बसमा सवार दुईजना भने  सकुशल रहेका छन् ।

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार