आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार राजनीति

मतगणना जारी : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै

१३३० मत गणना भएको छ । यसमा ५ मत बदर भएको छ । मतगणना काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा जारी छ ।
सक्रिय न्युज · २ घण्टा अगाडि प्रकाशित
मतगणना जारी : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै
काठमाडौं, असोज २५ :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।

प्राप्त मतगणना विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. भण्डारीले ६७९ मत प्राप्त गरेका छन् । ई. मधु आचार्यले ३९३ मत पाएका छन्। त्यस्तै, गोविन्द भट्टराईले ३४५, सुरेन्द्रराज पाण्डेले ३३७, दीपक गिरीले २६४, धनराज गुरुङले २४०  र प्रा.डा. चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन्।

उपसभापति (समावेशजी) तर्फ बिनोद कुमार चौधरीले ३८२  मतसहित अग्रता लिएका छन्। जीवन परियारले ३३० मत प्राप्त गर्दा सीता गुरुङले १७० ,फरमुल्लाह मंसुरले   १९०,  रंजीत कर्णले १०७ मत पाएका छन्।

महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले सबैभन्दा बढी ७८८ मत प्राप्त गरेका छन्। अमरसिंह पुन मगरले ४७८ मत पाएका छन्। उदयशम्शेर राणाले ४५६, डा. सुनिलकुमार शर्माले ३२५, नैन सिंह महरले १४८, गुरुराज घिमिरेले १९७  मत प्राप्त गरेका छन्।
त्यस्तै, डा. सन्तोष उपाध्यायले १८ र शंकर तिवारीले २० मत पाएका छन्। प्राप्त विवरणअनुसार खुला महामन्त्री पदमा पौडेल अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्।

केन्द्रीय महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ५८३ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ५५७  मत प्राप्त गरेकी छन् भने रीता खनालले १५३  मत पाएकी छन्।
१३३० मत गणना भएको छ । यसमा ५ मत बदर भएको छ । मतगणना काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा जारी छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार