बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको संसदीय सुनुवाइ रोकियो, यस्तो छ कारण

आरोपमा कुनै सत्यता नएको उनको दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ११ घण्टा अगाडि प्रकाशित
मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको संसदीय सुनुवाइ रोकियो, यस्तो छ कारण
काठमाडौं, असोज २८ :

मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको संसदीय सुनुवाइ रोकिएको छ। उनका विषयमा आज (बुधबार) संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्ने तालिका थियो।

म्यानपावर व्यवसायीसँग सम्बन्ध, जग्गा खरिदमा अनियमिततालगायतका विषयमा उनको संलग्नता रहेको विषयमा समिति सदस्यहरूले कुरा उठाएपछि समितिका सभापति बोधनारायण श्रेष्ठले आजका लागि सुनुवाइ रोकेका हुन्।

बुधबारको बैठकमा रास्वपाका सांसदद्वय राजीव खत्री र मधुकुमार चौलागाईंले प्रस्तावित राजदूतको विषयमा कुरा उठाएका थिए ।

सांसद खत्रीले राजदूत नियुक्तिमा आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको विषय उठाएका थिए। भने तर, रास्वपाकै अर्का सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत खरेलबारे थप अध्ययन गर्न पर्ने र आवश्यक परे उपसमिति बनाउनुपर्ने धारणा राखेका थिए।

उनको विषयमा गम्भीर कुरा उठेपछि प्राप्त उजुरी अध्ययन गर्न समय चाहिने भन्दै सुनुवाइको प्रक्रिया तत्काललाई रोकेका हुन् । यद्यपि प्रस्तावित राजदूत खरेलले उनले बाहिर आएका आरोपमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार