शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
खेलकुद फुटबल

फागुन १ गतदेखि नेपाल फुटबल लिग (एनएफएल) आयोजना हुँदै

प्रतियोगिता चार महिनासम्म चल्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
फागुन १ गतदेखि नेपाल फुटबल लिग (एनएफएल) आयोजना हुँदै
काठमाडौं, असोज ३० :

नेपाली फुटबललाई व्यावसायिक बनाउने उदेश्यका साथ नेपाल फुटबल लिग (एनएफएल) आयोजना हुने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फागुन १ गतदेखि एनएफएल आयोजना गर्ने घोषणा गरिएको हो । एनएफएलमा नेपाल सुपर लिग (एनएसएल)का सातवटै टोलीले सहभागीता जनाउने एनएफएलका अध्यक्ष कल्याण गुरुङले जानकारी दिए ।

एनएफएलको पहिलो संस्करणमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसीको सहभागिता रहने र अन्य नयाँ टोलीलाई सहभागिताको आह्वान गरिने उनले बताए ।

उनले लिगलाई केवल पुरुष श्रेणीमा मात्र नभई एकेडेमी, महिलालगायत सबै श्रेणी र क्याटेगोरीमा अगाडि लैजाने भन्ने दीर्घकालीन सोचका साथ अघि बढिएको बताए ।

होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजनाका साथ सुरु गर्न लागिएको प्रतियोगिता चार महिनासम्म चल्ने एनएफएलले जनाएको छ । क्लवहरुको अग्रसरतामा घरेलु फुटबललाई चलायमान बनाउन एनएफएल आयोजना गरिएको बताइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार