काठमाडौं, कात्तिक ३ :
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्नेछन् ।
शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको बुधबार बिहान शुभ साइत १०:२६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भएपनि गतवर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोउल्लासको वातावरण नभएको हुदा उक्त कार्यक्रम गरिएको छैन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त