शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
समाचार

हुम्लाको लिमिका उच्च पाटनमा अज्ञात अवस्थामा रहेका चौँरी गाईसहित दुई सय पशुको उद्धार

असोज ९ देखि ११ गतेसम्म परेको भारी हिमपातका कारण उच्च पाटनमा एक महिनादेखि अज्ञात अवस्थामा रहेको पशुहरुको उद्धार गरिएको हो ।
सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
हुम्लाको लिमिका उच्च पाटनमा अज्ञात अवस्थामा रहेका चौँरी गाईसहित दुई सय पशुको उद्धार
हुम्ला, कात्तिक ६ :

हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौँरी गाईसहित दुई सय पशुको झण्डै एक महिनापछि उद्धार गरिएको छ ।

असोज ९ देखि ११ गतेसम्म परेको भारी हिमपातका कारण उच्च पाटनमा अज्ञात अवस्थामा रहेको पशुहरुको उद्धार गरिएको हो  ।

बाक्लो हिउँ जमेका कारण खोजी तथा उद्धारमा जान समेत कठिनाइ भएको थियो । उद्धार गरिएका पशुमा १०० चौँरी गाई, ५० घोडा तथा ५० जुमा र झोपा छन् ।

लामो समयदेखि सम्पर्कविहीन रहेका पशुलाई निङ खोला, साक्या खोला, गेउ खोला र लाप्चा क्षेत्रका उच्च पाटनबाट कठिन प्रयासपछि उद्धार गरिएको हो । बाक्लो हिमपात र प्रतिकूल मौसमका कारण उच्च पाटनमा रहेका पशुको खोजी गर्न समस्या भएको थियो ।

लिमीका बासिन्दाले बर्सेनि हिमपातका कारण सास्ती खेप्दै आएका छन् । नारा र न्यालु लेकमा हिउँ जमेर सडक अवरुद्ध हुँदा लिमीबाट सदरमुकाम सिमकोट पुग्न समेत कठिन हुने गरेको स्थानीयको गुनासो छ ।

सडक अवरुद्ध हुँदा लिमीका बासिन्दा सदरमुकामबाट टाढा रहेकाले आवतजावतमा समेत समस्या भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार