काठमाण्डौँ , कात्तिक ९ :

राष्ट्रियसभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ः ४५ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्ने जनाइएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।