इलाम, कात्तिक १४ :
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका प्रा.डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।
इलाममा २५औं सत्याग्रहमा बसेका उनको स्वास्थ्यवस्था जटिल बनेपछि अस्पतालमा भर्ना गरिएको हो । अनशन थालेको तेस्रो दिनमै अस्पताल भर्ना गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । सरकारले माग पूरा गर्न चासो नदिएपछि अनशन बस्न बाध्य भएको डा केसीले बताएका छन् ।