आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार कर्णाली प्रदेश

हिमपातका कारण डोल्पामा फसेका ६ भारतीय पर्यटकको उद्धार थालियो

· १ घण्टा अगाडि प्रकाशित
हिमपातका कारण डोल्पामा फसेका ६ भारतीय पर्यटकको उद्धार थालियो
कर्णाली, कात्तिक १५ :

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार कार्य थालिएको छ । 

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर माथिल्लो डोल्पाको यात्रामा हिँडेका भारतीय पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा अलपत्र परेका थिए । अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका प्रमुख जिल्ला अधिकारी ढकालले राससलाई जानकार दिए ।

उनका अनुसार अहिले नेपाली सेनाको हेलिकोप्टरबाट उद्धारको पहल भइरहेको छ । पर्यटकहरु फसेको ठाउँमा नेटवर्क नभएका कारण फोन सम्पर्क हुन सकेको छैन । उनीहरु शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको सम्पर्कमा रहेका छन् ।”

माथिल्लो डोल्पामा यही कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइए पनि उनीह अटेरी गर्दै त्यसतर्फ गएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार