मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#खाना पकाउने एलपी ग्यास#विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति #खाना पकाउने एलपी ग्यास#विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति
समाचार

आज पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

सक्रिय न्युज · १ दिन अगाडि प्रकाशित
आज पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
कात्तिक १६ :

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ ।

सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो । उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिए ।

सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ । सडक बन्द हुँदा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमा पनि मागेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार