सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय लिइने

सक्रिय न्युज · ५४ मिनेट अगाडि प्रकाशित
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय लिइने
काठमाडौं, कात्तिक १६ :

 संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।

बैठकमा जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिइने बताईएको छ ।  आज दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्ने सुनुवाइ समितिको सचिवालयले जनाएको छ । गत असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले सो दिन अनुमोदन गरेको थियो । जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको पीआर रहेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै त्यसबखत सुनुवाइ स्थगित गरिएको थियो ।

यसैगरी सो बैठकले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम भने अनुमोदनका लागि अस्वीकृत गरिएको थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार