सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

अनसनरत डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याईयो

सक्रिय न्युज · ४६ मिनेट अगाडि प्रकाशित
अनसनरत डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याईयो
काठमाडौं, कात्तिक १६ :

इलाममा अनसनरत डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

अनसनमा रहेका उनको स्वास्थ्य अवस्था जटिल बनेसँगै नेपाली सेनाको हेलिकोप्टरमार्फत आज बिहान काठमाडौं ल्याइएको हो ।

उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुने  केसीका सहयोगी पवन थापाले जानकारी दिए ।

टाइप २ मधुमेहका बिरामी रहेका डा केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।

विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामको नारायण स्थान मन्दिर परिसरमा अनशनमा बसेका थिए । डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, मेडिकल कलेज सञ्चालनमा मापदण्डको पालना, पदाधिकारी नियुक्तिमा निष्पक्ष छानबिन, सरकारी संस्थामा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य गर्नेलगायत ६ बुँदे माग राखेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनी इलाम अस्पतालमा उपचाररत थिए । 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार