सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने #नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने
खेलकुद क्रिकेट

एनपीएल क्रिकेट : काठमाडौँले टस जित्यो

कर्णाली याक्सले ब्याटिङ गर्दै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
एनपीएल क्रिकेट : काठमाडौँले टस जित्यो
काठमाडौं, कात्तिक १६ :

नेपाल प्रिमियर लिग (एनपिएल)  क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भरखरै भएको टसमा काठमाडौँ कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेको छन् ।

यससँगै कर्णाली याक्सले पहिला ब्याटिङको निम्तो पाएको छ ।  कर्णालीले लगातार दुई खेलमा विजयी हुँदै चार अङ्क जोडेको छ । कर्णाली अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले आज पनि जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा काठमाडौँलाई ४ विकेटले हराएको थियो ।

यता करण केसीको कप्तानीमा रहेको काठमाडाँै पहिलो जित निकाल्ने दाउमा छ । काठमाडौँ अङ्कविहीन छ । काठमाडौँ पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।

काठमाडौँको प्लेइङ ११ मा कप्तान करण केसीसहित भीम सार्की, राशिद खान, मोहम्मद आदिल आलम, सन्तोष यादव, शाहब आलम, देव शाह, रिपोन मण्डल, डेभिड वार्नर, स्मित पटेल र जहान्दाद खान रहेका छन् ।

यता कर्णालीको प्लेइङ ११ मा भने कप्तान सोमपाल कामीसहित गुलशनकुमार झा, नन्दन यादव, दीपक डुम्रे, उनिश सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अरिफुल इस्लाम, मार्क वाट, मोहम्मद हुसेन तलात र जिसान आलम परेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार