शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
समाचार प्रदेश बागमती प्रदेश

दमकलमा प्राविधिक समस्या : कागेश्वरी मनोहराको दमकल सेवा एक साताका लागि बन्द हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
दमकलमा प्राविधिक समस्या : कागेश्वरी मनोहराको दमकल सेवा एक साताका लागि बन्द हुने
काठमाडौं, कात्तिक १९ :

कागेश्वरी मनोहराको दमकल सेवा एक साताका लागि बन्द हुने भएको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको दमकल सेवा यही कात्तिक २० देखि २७ गतेसम्म बन्द हुने भएको हो।

दमकलमा प्राविधिक समस्या देखिएकाले मर्मत तथा नियमित सर्भिसिङ गर्नुपर्ने भएपछि सेवा अस्थायी रूपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहले आज जारी गरेको सूचनामा मर्मत कार्यका कारण उक्त अवधिमा दमकल सेवा उपलब्ध गराउन नसकिने जनाएका छन् । 

नगरपालिकाले सेवा प्रभावित हुने भएकाले सर्वसाधारण तथा सम्बन्धित सबैलाई जानकारी गराएको छ।  साथै तिहारमा झिलिमिली बत्ती बाल्ने क्रममा आगलागीका घटना हुन सक्नेप्रति  पनि सजकता अपनाउन सबैमा आग्रह गरिएको छ । कागेश्वरी मनोहराको दमकलले काठमाडौं उपत्यकामा भएका आगलागी नियन्त्रणमा धेरै नै सहयोग पुर्याउँदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार