शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
खेलकुद क्रिकेट

यु-१९ महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
यु-१९ महिला क्रिकेट : नेपालले हङकङलाई हरायो
काठमाडौं, कात्तिक १९ :

यु-१९ महिला बेल्ट एण्ड रोड सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई पराजित गर्दै जित हासिल गरेको छ । चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा आज भएको खेलमा नेपाली महिला टोलीले हङकङलाई ९२ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङ्कङ १८ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमै अलआउट भयो । हङकङका लागि वान तुङ सोले सर्वाधिक १२ रन बनाइन् । त्यस्तै मान केइ लेउङले पनि १२ रन नै जोडिन् । नेपालकी मनिषा चौधरी र रचना चौधरीले समान ३/३ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका लागि सोनु पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् । यस्तै सवित्री धामीले चार चौकाको मद्दतमा ३६ रन बनाइन् । बलिङतर्फ हङकङकी स्टोर्म पार्करले ३ विकेट लिइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार