आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

सक्रिय न्युज · ३० मिनेट अगाडि प्रकाशित
आगामी २४ घण्टाको मौसम पूर्वानुमान
काठमाडौं, कात्तिक २२ :

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । आज राति देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने जनाइएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार