आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस#गगनकुमार थापा#काठमाण्डु गोर्खाजको जित#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल #कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस#गगनकुमार थापा#काठमाण्डु गोर्खाजको जित#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
समाचार

कुकुर तिहार : नेपाली सेना र प्रहरीद्वारा तालिमप्राप्त कुकुरहरुको विशेष पूजा

घटना पत्ता लगाउन कुकुरले खेलेको भूमिकाको उच्च प्रशंसा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५३ मिनेट अगाडि प्रकाशित
कुकुर तिहार : नेपाली सेना र प्रहरीद्वारा तालिमप्राप्त कुकुरहरुको विशेष पूजा
काठमाडौं, कात्तिक २२ :

यमपञ्चक अन्तर्गत दोस्रो दिन नेपाली सेना र प्रहरीले तालिमप्राप्त सैन्य कुकुरहरूको पूजाआजा गरेर कुकुर तिहार मनाएको छ ।

भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरवबहान गुल्मका तालिम प्राप्त कुकुरहरूको आइतबार एक विशेष समारोहकाबीच पूजा गरिएको हो। यमपञ्चकको विशेष दिनमा आयोजना गरिएको यस कार्यक्रममा सेनाका तालिमप्राप्त कुकुरहरूलाई परम्परा अनुसार टीका तथा माला लगाइदिएर मनपर्ने मिठा परिकारहरू खुवाइएको थियो।उक्त अवसरमा नेपाली सेनाद्वारा सैनिक कुकुरहरूको विशेष पूजा र डग सो  आयोजना गरिएको थियो। 

सैनिक कुकुरहरूले अपराध अनुसन्धानका कला र खोज तथा उद्धार सम्बन्धी उत्कृष्ट कार्यकौशल (डग सो) प्रदर्शन गरेको थिए ।कुकुर पूजा समारोहमा बोल्दै नेपाली सेनाको प्रवन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले सिमित स्रोतसाधन र चुनौतीकाबीचमा पनि कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउने काम प्रभावकारी रहेको बताए। गस्ती,सुरक्षा,ट्र्याकिङ, शंकास्पद व्यक्तिको खोजी तथा विस्फोटक पदार्थ पहिचान लगायतमा पनि कुकुरको भूमिका उल्लेखनीय रहेको उनले बताए।

कुकुरपुजालाई निष्ठा,इमान्दारिता, बफादारिताको प्रतीकको रुपमा सम्मान गर्नु मौलिक दायित्व भएको उनले बताए । नेपाली सेनाको यस गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन, प्राकृतिक प्रकोपमा खोजतलास तथा उद्धार, र हतियार तथा अपराधी पक्राउ गर्ने जस्ता महत्त्वपूर्ण सुरक्षा कार्यहरू गर्दै आएको छ ।

यसैगरी, यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न गरिएको छ । कुकुर तिहारको अवसरमा प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आज एक कार्यक्रमको आयोजना गरी कुकुर पूजा गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले कार्यालयमा रहेका विभिन्न जातका कुकुरलाई पूजा गरे । उनले शान्ति सुरक्षा र अपराध अनुसन्धान तथा खोज कार्यमा कुकुरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । गम्भीर प्रकृतिका घटना पत्ता लगाउन कुकुरले खेलेको भूमिकाको उनले उच्च प्रशंसा गरे ।

प्रहरी नायब महानिरीक्षक रानाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट हराएका करिब २४ वटा शव कुकुरकै सहायतामा पत्ता लगाउन सहज भएको जानकारी दिए । नेपालमा स्थापनाकालदेखि केनाइन कार्यालयले अपराध अनुसन्धानमा ठूलो सफलता हाँसिल गरेको उनको भनाइ छ ।

कार्यक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा रामचन्द्र सत्यालले २०२६ सालमा स्थापना भएको केनाइन कार्यालयले हाल देशभर १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो । उनका अनुसार हाल देशभर केनाइन केन्द्रमा १०७ कुकुर छन् ।

कार्यालयका प्राविधिक प्रहरी नायब उपरीक्षक डा चेतनारायण ज्ञवालीले नेपाल प्रहरीको कार्यसम्पादनमा कुकुरले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर, रनिङतर्फ उत्कृष्ट हुने कुकुरलाई पुरस्कार प्रदान गरिएको थियो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

उक्त कार्यालयका प्रहरी कर्मचारी र प्रहरी कुकुरले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागुऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्धार कार्यलगायतको प्रदर्शनी गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार