नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
नेपाल संवत् ११४७ प्रारम्भ भएको अवसरमा आज शुभकामना दिँदै उनले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको बताए ।
पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा रहेको पहिलो गणतन्त्रात्मक सरकारले २०६५ सालमा नेपाल संवत्लाई ‘राष्ट्रिय संवत्’का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गरेको स्मरण गरे ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाको विशिष्ट योगदानको स्मरण गर्दै संयोजक दाहालले यस संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी कामना गरे ।
साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधिप्रति गृहमन्त्रीको चासो
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल
‘टाइम’को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिएका अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई