मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क#ट्राफिक नियम उल्लङ्घन#सवारीचालक कारबाही#कांग्रेस केन्द्रीय समिति#अर्थमन्त्री डा स्वर्णिम वाग्ले #हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क#ट्राफिक नियम उल्लङ्घन#सवारीचालक कारबाही#कांग्रेस केन्द्रीय समिति#अर्थमन्त्री डा स्वर्णिम वाग्ले
राजनीति

‘अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति देखियो, कांग्रेस चुप लागेर बस्दैन’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १७ मिनेट अगाडि प्रकाशित
‘अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति देखियो, कांग्रेस चुप लागेर बस्दैन’
सानेपा, मंसिर ८ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले वर्तमान सरकारले अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति देखाएको भन्दै त्यसको विरोधमा कांग्रेस चुप लागेर नबस्ने चेतावनी समेत दिए । उनले आफ्नो अनुकुल अध्यादेश ल्याउने र काम पुरा भएपछि प्रतिस्थापन विधेयक नल्याई अध्यादेश निष्क्रिय बनाउने प्रवृत्ति स्थापित गर्न खोजिएको धारणा राखे ।  

सभापति थापाले निर्वाचनबाट प्राप्त म्यान्डेटको सम्मान गर्दै पाँच वर्ष सरकार सञ्चालन गर्ने जिम्मेवारी रास्वपाको रहकाले सहकार्य र खबरदारीको नीति पार्टीले लिएको उल्लेख गरे । उनले कानुनबमोजिम हुने कुनै पनि छानबिन वा अनुसन्धानलाई अवरोध नगरिने तर राजनीतिक प्रतिद्वन्द्वीलाई निस्तेज पार्न वा दबाब दिन राज्यका संयन्त्र दुरुपयोग गरिएमा त्यसको कडा प्रतिवाद गर्ने स्पष्ट पाए ।

पार्टीको आन्तरिक बिषयमा सभापति थापाले अहिले पनि असन्तुष्ट नेताहरुलाई पार्टीको ढोका खुल्लै रहेको बताए । तर पार्टीको विधानअनुसार अन्य दलमा संलग्न हुने व्यक्तिको सदस्यता स्वतः कायम नरहने उनले बताए । सभापति थापाले पार्टीबाट विजयी भएका जनप्रतिनिधिहरुले विधान विपरीतको कार्य गरे पदबाट हटाउने चेतावनी समेत दिए ।

उनले निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानको कदर गर्दै पार्टीभित्र नेतृत्व, पदाधिकारी र कार्यकर्ताको मर्यादा कायम राख्नुपर्ने तथा दलहरूबीच स्वस्थ राजनीतिक संवाद आवश्यक रहेको बताए । साथै सभापति थापाले देशभरका ७५३ वटै पालिकामा १५ दिने अभियान सञ्चालन गरी स्थानीय आवश्यकताअनुसार सामाजिक परियोजनाहरू अघि बढाइने जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार