
काठमाण्डौं, कात्तिक ११ :
नेकपा माओवादी केन्द्रले काठमाण्डौमा आज खबरदारी सभाको आयोजना गर्यो ।
खबरदारी र्यालीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो ।
काठमाण्डौंको सुन्धाराबाट सुरु भएको खबरदारी र्याली रत्नपार्क–पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभामा अध्यक्ष प्रचण्ड लगायत माओवादीका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
र्यालीका कारण काठमाण्डौंका केही सडकहरुमा ट्राफिक जाम भएको थियो ।