
काठमाण्डौँ , कात्तिक १२ :
सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्ने जनाइएको छ ।
बैठकमा विश्व जलवायु सम्मेलन कोप- २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।