
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर छ ।
कपुरकोट गाउँपालिका–६ सिनवाङ दुवेदेबाट धान र पराल बोकेर सोही ठाउँको छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका हुन ।
बेलुकी करिब ६ बजेतिर भएको मिनी ट्रक दुर्घटना परी घाइते हुनेहरुमा १४ वर्षीय गोबर्द्धन खडका र १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी,१३ वर्षीया खुमा बस्नेत,१३ वर्षीया सृजना बस्नेत,३५ वर्षीया नन्दा बस्नेत,१७ वर्षीय जीत सागर बस्नेत,१७ वर्षीय संजीव बस्नेत,२९ वर्षीय शंकर खडका,३५ वर्षीय देवबहादुर बस्नेत,२२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरक्षक रेशम खत्रीका अनुसार घाइते भएका सबैलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ लगिएको छ।