
काठमाण्डौं, साउन २१ :
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग अन्तर्गत आज भएको दोस्रो खेलमा इरान विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको नेपाल र इरानबीचको खेलमा इरान विजयी भएको हो ।
निकै प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको खेल इरानले ३- २ सेटले जितेको छ ।