
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जस अनुसार अमेरिकी डलर स्थिर रहेको छ । हिजोकै दररेट अनुसार एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम छ ।
युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा रहेको छ ।
स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा रहेको छ ।
सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा रहेको छ ।
त्यस्तै, आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा कायम भएको छ भने मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
।