हुम्ला, कात्तिक १८ :
हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् ।
खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन् ।
खार्पुनाथ–३ का वडाध्यक्ष च्याङ्गा बोहराका अनुसार सरत घरबाटै हराएका हुन् । आमा बुवा दिउँसो खाजा खान घरभित्र गएको समयमा बालक घरबाहिर खेल्दै गर्दा हराएको उहाँको भनाइ छ ।
बालक हराएपछि राया गाउँका बासिन्दा चार दिनदेखि उनको खोजी गरिरहेका छन् । बालक हराएपछि परिवारजनले खोजी गर्न स्थानीय प्रहरी चौकीलाई गुहारेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो