धादिङ, साउन २२ :

धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा ९ यात्रु घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १-००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । घाइते यात्रुहरुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

घाइते सबै खतरामुक्त रहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो । रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुइतर्फी अवरूद्ध बनेको थियो । अहिले यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।