
काठमाण्डौँ , कात्तिक २७ :
सङ्घीय संसद्को प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो सवा १२ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्नेछ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।