काठमाण्डौँ , कात्तिक २७ :

नेकपा माओवादी केन्द्रको आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले मंसिर मसान्तसम्म पालिका सम्मेलन गर्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।