
काठमाण्डौँ , मंसिर ४ :
आज दुईवटा समितिका बैठक बस्दै छन् ।
आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो साढे १२ बजे बस्नेछ । बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, ११ः ४५ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।