काठमाण्डौँ , मंसिर ४ :

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ।

पार्टीका नेता एवम् पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठक आज बिहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने सो पार्टीले जनाएको छ ।