सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार राजनीति

आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

· मंगलबार, ५ मंसिर, २०८१ मा प्रकाशित
आज उम्मेदवारको नामावली प्रकाशन हुँदै
काठमाण्डौँ , मंसिर ५ :

मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ ।

निर्वाचन आयोगले आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको जनाएको छ ।

भोलि बिहान ९ देखि अपराह्‍न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । भोलि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । 

दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ। 

कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार