सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार राजनीति

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै, निर्वाचन चिह्न पनि प्रदान गरिने

· बुधबार, ६ मंसिर, २०८१ मा प्रकाशित
आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै, निर्वाचन चिह्न पनि प्रदान गरिने
काठमाण्डौँ , मंसिर ६ :

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रशासन हुने भएको छ ।

त्यसअघि बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।  ।

कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने छ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । 

मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कुल ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार