शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
राजनीति प्रदेश मधेस प्रदेश

उपनिर्वाचनमा काँग्रेसलाई मतदान गर्न नेता शर्माको आग्रह

· शनिबार, ९ मंसिर, २०८१ मा प्रकाशित
उपनिर्वाचनमा काँग्रेसलाई मतदान गर्न नेता शर्माको आग्रह
महोत्तरी, मंसिर ९ :

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका- २ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ । 

नेपाली काँग्रेसका उम्मेदवार जनिफ खानसँगै जनताको घरदैलोमा भोट माग्दै हिँड्नुभएका महामन्त्री शर्माले नेपाली काँग्रेस आमजनताको विश्वास जितेको पार्टी भएकाले रामगोपालपुर- २ का जनतालाई वडाको उपनिर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

उहाँले तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकसाथ लिएर बढ्ने, सबैको सहभागिता गराउने र सबैलाई अवसर दिने एक मात्र पार्टी नेपाली काँग्रेस रहेको भन्दै आफ्नो स्थान र अधिकार सुरक्षित गर्न काँग्रेसको उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभयो ।

नेता शर्माले यो उपनिर्वाचनले आगामी निर्वाचनको आधार तयार गर्ने भएकाले पनि काँग्रेस विजयी हुनुपर्ने भन्दै नेता तथा कार्यकर्ताले जनता केन्द्रित कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । 

रामगोपालपुर- २ को वडाध्यक्ष पदमा राजनीतिक दलका सात र ११ स्वतन्त्र सहित १८ जना चुनावी प्रतिस्पर्धामा छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार