सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
प्रदेश लुम्बिनी प्रदेश

पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु

· शुक्रबार, १५ मंसिर, २०८१ मा प्रकाशित
पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु
दाङ, मंसिर १५ :

पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ । 

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालले माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको जानकारी दिनुभयो । साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ । 

शारदा निर्माण सेवा सहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष रु एक करोड ४० लाख र चालु वर्षमा रु एक करोड ८२ लाख पेश्की प्रदान गरिएको छ । 

हाल गहते खोलाबाट आठ दशमलव आठ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छ भने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ । 

उक्त सडक स्तर वृद्धिका लागि रु १६ करोड ५० लाखमा सम्झौता भएको छ । उक्त सडकको बिहीबार लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले अनुगमन गर्नुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार