
कीर्तिपुर नगरपालिका- १ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हर्ष महर्जनले चार सय ९८ गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका- १२ को वडाध्यक्षपदमा नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।
उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिनुभयो । यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार निर्वाचित हुनुभएको थियो ।
रौतहटको राजपुर नगरपालिका ६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार समसे आलमले सात सय ४४ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।
उहाँको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का जिकरुल्लाहले चार सय ६३ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभएको छ ।
रौतहटकै ईशनाथ नगरपालिका- ७ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका शेख अब्दुल खलिकले बजरङ्गी प्रसाद यादवले छ २७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिनुभयो ।
त्यस्तै, सुनसरीको गढी गाउँपालिका- ६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार तेतर साहले आठ सय १६ मत गरेर निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तु उराँवले सात सय ७० मत प्राप्त गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले छ सय ९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययाले जानकारी दिनुभयो ।
बझाङको सुर्मा गाउँपालिका- ४ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।
उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गर्नुभयो ।
यसैगरी रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले छ सय ४३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वेगम पुनले पाँच सय ३५ मत प्राप्त गर्नुभयो ।
उता बर्दियाको नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली काँग्रेसका अमिन थारु निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले एक हजार ४३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सेरबहादुर थारुले छ सय ७८ मत प्राप्त गर्नुभयो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को अध्यक्षमा नेपाली काँग्रेसका मोतीराम खत्री विजयी हुनुभएको छ ।
आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका खत्रीले पाँच सय ९० मत प्राप्त गरि विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जसीराम बस्नेतले पाँच सय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो ।
त्यस्तै, डोटीको पूर्वीचौकी गाउँपालिका- ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका मोहन थापा विजय हुनुभएको छ । उहाँले चार सय ६८ मत प्राप्त गरी विजयी हुनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयका अधिकृत रुद्रमणि गिरीले दिएको जानकारी अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का देवबहादुर थापाले तीन सय एक मत प्राप्त गर्नुभयो ।
गुल्मीको मुसिकोट नगरपालिका- १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिनुभयो ।
यता, तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्र लिम्बु निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले चार सय ४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिनुभयो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । उहाँले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गर्नुभयो ।
जाजरकोटको कुशे गाउँपालिका- ७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी हुनुभएको छ ।
उक्त पदका लागि आइतबार भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंहले तीन सय ४७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।