काठमाण्डौं, मंसिर १८ :

हिजो भएको  स्थानीय तह उपनिर्वाचन भएका स्थानहरु मध्ये  ३४ स्थानको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ ।  ३० वटा वडाका वडाध्यक्ष,दुई गाउँपालिकाका अध्यक्ष र दुई स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुख पदको नतिजा आएको आयोगले जनाएको छ ।

७ स्थानको नतिजा आउन बाँकी रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

किर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा नेपालि कांग्रसको विजयी भएको छ ।