
नेपाल प्रिमियर लिग (एनपीएल) को आज छैटौँ दिनपनि नेपाली समर्थकहरुले त्रिवि क्रिकेट मैदान भरिएको थियो।
बिहानैदेखि सुरु भएको खेल हेर्न दर्शकहरु उत्साहित हुँदै खेल मैदान पुगेका थिए।
आफ्नो टिमको सपोर्ट गर्न मैदान पुगेका समर्थक हरुको भिड भने धेरै नै देखिन्छ।
त्रिवि मैदानमा भैरहेको खेललाई मध्य नजर गर्दै त्रिभुवन विश्वविद्यालयका स्कुल अफ म्यानेजमेन्टका एमबिएमा अध्यनरत विद्यार्थीहरुले फुड फेस्ट संचालन गरेका छन्।
सस्तोमा स्वस्थकर खाना तथा खाजाका परिकारहरु त्यहाँ राखिएका छन।
सातै प्रदेशको खाने कुरा स्टलमा राखिएको छ।
बाहिरभन्दा सास्ती र हाइजेनिक खाने कुरा भएको हुँदा दर्शकहरुको निकै नै घुइँचो लाग्ने गर्दछ ।
दिनमा शनिबार १ लाख भन्द माथि व्यापार हुने र अरु दिनमा भने ६० देखि ७० हजारसम्म को व्यापार हुने विद्यार्थीहरु बताउँछन।
वरपर अन्य स्टलहरु हुँदा व्यापारमा केही कमि भएको पनि विद्यार्थी हरुको गुनासो छ ।
विभिन्न ८ टोली सम्मिलित एनपिएल, हेर्न आउने क्रिकेटप्रेमी दर्शकहरु पनि त्रिभुवन युनिभर्सिटीका विद्यार्थीले राखेको स्टलमा खाजा निकै मिठो भएको र उचित मूल्य भएको बताउँछन ।।