चितवन, मंसिर २३ :

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज चितवनआयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर नहुँने बताउनुभयो । फरक प्रसङ्गमा उहाँले वर्तमान सरकार परिवर्तन नहुने पनि स्पष्ट पार्नुभयो ।

सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिनुभयो । विआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताउनुभयो ।